स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल « Khabarhub

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छ : अध्यक्ष ढकाल


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताएका छन्  ।

अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न नसक्नुको एउटा प्रमुख कारण राजनीतिक तथा नीतिगत अस्थिरता रहेको उल्लेख गर्दै नयाँ बनेको सरकारले नेपालमा राजनीतिक तथा नीतिगत स्थायित्व दिने र लगानीकर्तामा आत्मविश्वास बढ्न गई मुलुकमा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको बताए ।

‘कोभिड महामारीपछि विभिन्न कारणले हाम्रो अर्थतन्त्र शिथिल बनेको छ । यसमा राज्यका विभिन्न निकायले लिएको नीतिका बाबजुद राजनीतिक अस्थिरता पनि एउटा प्रमुख कारण हो । यो सरकारले स्थायित्वको सुनिश्चितता दिएपछि आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्न सक्छ र यसबाट अर्थतन्त्र चलायमान बन्न सहयोग पुग्नसक्छ,’ ढकालले भने ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका र उनले सोमबार सबै मन्त्रालय समेटी मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम