अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७  पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको  मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए । दुर्घटनामा हताहतिको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पुर्‍याएको छ ।

त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ  भने हजारौँलाई घरबार विहीन  बनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ३४ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)