धरानमा रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व, नगरसभा नहुँदा बजेट शून्यता « Khabarhub

धरानमा रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व, नगरसभा नहुँदा बजेट शून्यता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

धरान : धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूबीचको विवाद अझै जारी छ ।

२०७९ वैशाख ३० गते निर्वाचित भएका सबै जनप्रतिनिधिहरूसँग मेयर साम्पाङले समन्वय गर्न नसक्दा एकपछि अर्को समस्या थपिँदै छ ।

वडाअध्क्ष र कार्यपालिका सदस्यहरूले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सहमति जनाएपछि नगरसभाको तयारी भएको थियो । सोमबार हुने गरी नगरसभा तयारी भए पनि करारका कर्मचारीको सम्झौता थप्ने विषयमा विवाद हुँदा मंगलबारदेखि धरानमा बजेट शून्य अवस्था आइपरेको छ ।

आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि धरान उपमहानगरपालिकाको नगरसभा नभएपछि आजबाट त्यहाँ प्रशासनले कुनै किसिमको आर्थिक कारोबार गर्न नसक्ने अवस्था आएको छ ।

यसअघि प्रस्तुत बजेट नगर सभाले पास नगरेपछि धरान उपमहानगरमा अर्को संकट सुरु भएको हो ।

सोमबार राति ९ बजेसम्म जनप्रतिनिधिहरू नगरसभा हुने प्रतिक्षामा थिए । तर कार्यपालिका बैठकका ३ मध्ये १ निर्णयका रुपमा रहेको कर्मचारीको करार स्वतःनवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा मेयर हर्क साम्पाङ सहमत हुन सकेनन्। त्यसपछि नगरसभा बस्न नसक्दा बजेट शून्य अवस्था सुरु भएको हो ।

नगरसभा नभएपछि धरान उपमहानगरका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ले निर्णय सच्याएर नगरसभा गर्ने प्रस्तावलाई सुन्दै नसुनी मेयर साम्पाङ हिँडेपछि समस्या भएको बताए ।

लोकसेवा आयोगले पदपूर्ति नगरून्जेल करारका कर्मचारीको अवधि नवीकरण गरेर जान मेयरलाई भनिएको थियो । तर मेयर साम्पाङले असार १० गतेको कार्यपालिकाको निर्णयलाई आफैंले केरमेट गरेका थिए । उनले त्यस निर्णयलाई केरमेट गरेर काम सन्तोषजनक नभएका करार कर्मचारीलाई हटाउने निर्णय भएको भनेर थपेका थिए । उक्त कदमलाई लिएर सोमबार दिउँसो कार्यपालिका बैठकमा विरोध गरिएको वडाअध्यक्ष भट्टराईले बताए ।

करारका कर्मचारीको करारनामा विधि-प्रक्रिया उल्लेख भएको, कार्य सन्तोषजनक नभए कारबाही गर्न सक्ने व्यवस्था भए पनि मेयर साम्पाङको लिँडेढिपीले नगरसभा नभएर बजेट शून्य अवस्था आएको भट्टराईले बताए ।

धरानमा कार्यपालिकाले बजेट पास गरिसकेकोछ। तर नगर सभाबाट बजेट अनुमोदन गर्नुपर्ने हुन्छ । मेयरले नगरसभा नगर्न चाहेपछि बजेट पास हुन नसकेको अध्यक्ष भट्टराई आरोप लगाए ।

सोमबार नगरसभा नभएपछि सदस्यहरूले नारा जुलुस पनि गरे। उता मेयर साम्पाङले नगरबासीलाई बजेट नरोकिने बताएका छन् । ‘नगरबासी हो, चिन्ता नलिनु, बजेट रोकिँदैन’, उनले भने, ‘२-४ जनाले रोक्दैमा बजेट रोकिँदैन । ढुक्क बस्नु बिकास र सेवा सुविधाको गति अझ तीव्र बनेर अघि बढ्छ ।’

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।