आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित « Khabarhub

आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोगेको हो।

२३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो।

सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।

अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए।

८ टोली सहभागी लिग-२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन्।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ३६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले