किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरू « Khabarhub

किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरू


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ ।

कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो चिकित्सकको परामर्श अनुसारको औषधीले निको पार्न सकिन्छ ।

कानमा दबाब महसुस हुने र लामो समयसम्म यो समस्या भएमा यसलाई मेनेयर भनिन्छ । यसले पनि रिगंटा लाग्ने गर्दछ । यसमा सुन्नमा समस्या हुने, थकाई लाग्ने पनि हुन्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ ।

रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोस हुने स्थितिको सिर्जना हुन्छ । यदि यस्तो भयो भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिले काहीँ एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।

कतिपय मानिस पानी कम पिउँछन् । मधुमेहका रोगमा पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्ने गर्दछ ।

रगतमा हेमोग्लोबिनको कमीले पनि चक्कर आउन सक्छ, जसलाई एनिमिया भनिन्छ । थकान, कमजोरी, सास फेर्न गाह्रो हुनु र चक्कर लाग्नु यसका लक्षण हुन्। यसको उपचारका लागि आइरन युक्त आहार लिनुहोस् र चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुहोस्। रगत परीक्षण दैनिक गराउनु पनि महत्त्वपूर्ण छ ।

मुटुसँग सम्बन्धित समस्याका कारण पनि चक्कर आउन सक्छ। मुटुले राम्रोसँग पम्प गर्न नसक्दा शरीरका अन्य भागमा रक्तसञ्चार राम्रोसँग हुन सक्दैन ।

माइग्रेनका कारण पनि चक्कर आउन सक्छ। यो एक प्रकारको टाउको दुखाइ हो जुन प्रायः एक तर्फ हुन्छ ।

मधुमेहका बिरामीमा चिनीको मात्रा एक्कासी घट्दा वा बढ्दा चक्कर लाग्न सक्छ । यस अवस्थालाई हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसेमिया भनिन्छ, मधुमेहका बिरामीहरूमा चिनीको मात्रा अचानक बढ्ने वा घट्दा चक्कर लाग्न सक्छ। यसका लक्षणहरू पसिना आउनु, कमजोरी हुनु, भोक लाग्नु र चक्कर लाग्नु हो । यसको उपचारका लागि दिनहुँ रगतमा चिनीको मात्रा जाँच गर्नुहोस् र सन्तुलित आहार लिनुहोस्। एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : १९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल