लमजुङका दुई लाख २८ हजार पशुलाई खोप « Khabarhub

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ । 

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । 

गाइवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो । 

 सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ । 

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार छ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार सात सय ५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायामा खोप लगाइएको छ ।

 खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ०३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या