गठ्ठाघर दुर्घटनामा बहिनीको मृत्यु भएको दाबी गर्ने युवक पक्राउ « Khabarhub

गठ्ठाघर दुर्घटनामा बहिनीको मृत्यु भएको दाबी गर्ने युवक पक्राउ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिएर ज्यान गुमाएका स्कुटर चालक आफ्नी बहिनी भएको बताउने युवाले अब मुद्दा खेप्नुपर्ने भएको छ ।

दोलखाका ती युवकलाई भक्तपुर प्रहरी परिसरले बिहीबार राति नै पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका-४ का ३० वर्षीय शम्भु नेपालीलाई पक्राउ गरिएको हो । अब नेपालीविरुद्ध मुद्दा चलाउन लागिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपालीलाई ठिमी प्रहरी बृत्तको हिरासतमा राखिएको छ । मृतकलाई उनले किन र कसरी आफ्नी बहिनी भएको दाबी गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ।

नेपालीले बिहीबार जस्तै पहिले पनि पटक-पटक बहिनीको मृत्यु भएको हल्ला फिँजाउने गरेको खुलेको छ ।

नेपालीले घटनास्थलमै मृतक आफ्नी बहिनी भएको दाबी गरेर हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि प्रहरीले राति मात्रै गरेको थियो। त्यसपछि प्रहरीले नेपालीलाई पक्राउ गरेको हो।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गएको थियो । प्रहरीले मृतकलाई सुरुमा महिला भएको बताए पनि पछि उनी पुरुष भएको खुलेको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ५० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको