गठ्ठाघर दुर्घटनामा बहिनीको मृत्यु भएको दाबी गर्ने युवक पक्राउ « Khabarhub

गठ्ठाघर दुर्घटनामा बहिनीको मृत्यु भएको दाबी गर्ने युवक पक्राउ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिएर ज्यान गुमाएका स्कुटर चालक आफ्नी बहिनी भएको बताउने युवाले अब मुद्दा खेप्नुपर्ने भएको छ ।

दोलखाका ती युवकलाई भक्तपुर प्रहरी परिसरले बिहीबार राति नै पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका-४ का ३० वर्षीय शम्भु नेपालीलाई पक्राउ गरिएको हो । अब नेपालीविरुद्ध मुद्दा चलाउन लागिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपालीलाई ठिमी प्रहरी बृत्तको हिरासतमा राखिएको छ । मृतकलाई उनले किन र कसरी आफ्नी बहिनी भएको दाबी गरे भन्ने नखुलेको प्रहरीले जनाएको छ।

नेपालीले बिहीबार जस्तै पहिले पनि पटक-पटक बहिनीको मृत्यु भएको हल्ला फिँजाउने गरेको खुलेको छ ।

नेपालीले घटनास्थलमै मृतक आफ्नी बहिनी भएको दाबी गरेर हिँडेका थिए। मृतक महिला नभएर पुरुष भएको पुष्टि प्रहरीले राति मात्रै गरेको थियो। त्यसपछि प्रहरीले नेपालीलाई पक्राउ गरेको हो।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गएको थियो । प्रहरीले मृतकलाई सुरुमा महिला भएको बताए पनि पछि उनी पुरुष भएको खुलेको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ५० बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६