सोलुखुम्बुका डीएसपी भन्छन्- दूधकोशीमा ठूलो बाढी आएको सुन्यौँ, क्षतिबारे थाहा भइसकेको छैन « Khabarhub

सोलुखुम्बुका डीएसपी भन्छन्- दूधकोशीमा ठूलो बाढी आएको सुन्यौँ, क्षतिबारे थाहा भइसकेको छैन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।

यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पा यो बाढीले ठूलो क्षति गरेको हुन सक्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले दूधकोशीमा ठूलो बाढी आएको खबर आएपछि टोली खटाइएको बताए।

‘बाढी आएको भनिएको क्षेत्र विकट भएकाले सबै कुरा आइसकेको छैन । अहिले हामीले नजिकका युनिटबाट तटीय क्षेत्रमा प्रहरी पठाएका छौँ’, उनले खबरहबसँग भने, ‘सञ्चार सम्पर्क पनि सहज नभएकाले सबै विवरण आइसकेको छैन । स्थानीयले बाढी ठूलो आकारको भएकाले क्षति पनि त्यही आकारको हुन सक्ने खबर पठाएका छन् ।

सम्भावित विपद्को सामना गर्न सोलुखुम्बुमा यसअघि नै प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दूधकोशीमा भीषण बाढी आएपछि हिमपोखरी फुटेको आशंका गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया