सोलुखुम्बुका डीएसपी भन्छन्- दूधकोशीमा ठूलो बाढी आएको सुन्यौँ, क्षतिबारे थाहा भइसकेको छैन « Khabarhub

सोलुखुम्बुका डीएसपी भन्छन्- दूधकोशीमा ठूलो बाढी आएको सुन्यौँ, क्षतिबारे थाहा भइसकेको छैन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।

यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पा यो बाढीले ठूलो क्षति गरेको हुन सक्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले दूधकोशीमा ठूलो बाढी आएको खबर आएपछि टोली खटाइएको बताए।

‘बाढी आएको भनिएको क्षेत्र विकट भएकाले सबै कुरा आइसकेको छैन । अहिले हामीले नजिकका युनिटबाट तटीय क्षेत्रमा प्रहरी पठाएका छौँ’, उनले खबरहबसँग भने, ‘सञ्चार सम्पर्क पनि सहज नभएकाले सबै विवरण आइसकेको छैन । स्थानीयले बाढी ठूलो आकारको भएकाले क्षति पनि त्यही आकारको हुन सक्ने खबर पठाएका छन् ।

सम्भावित विपद्को सामना गर्न सोलुखुम्बुमा यसअघि नै प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको छ । दूधकोशीमा भीषण बाढी आएपछि हिमपोखरी फुटेको आशंका गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ५२ बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र