जनप्रतिनिधि भन्छन्- थामे गाउँका ४० प्रतिशत घर दूधकोशीको बाढीले बगायो | Khabarhub Khabarhub

जनप्रतिनिधि भन्छन्- थामे गाउँका ४० प्रतिशत घर दूधकोशीको बाढीले बगायो


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको बताएकी छन् ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ । मानवीय क्षतिको विवरण नआइसकेको उनले जानकारी दिइन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् ।

उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको छ। बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । उनले उक्त गाउँका ४० प्रतिशतजति घरहरू भत्काइदिएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’