जनप्रतिनिधि भन्छन्- थामे गाउँका ४० प्रतिशत घर दूधकोशीको बाढीले बगायो « Khabarhub

जनप्रतिनिधि भन्छन्- थामे गाउँका ४० प्रतिशत घर दूधकोशीको बाढीले बगायो


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको बताएकी छन् ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ । मानवीय क्षतिको विवरण नआइसकेको उनले जानकारी दिइन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् ।

उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको छ। बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । उनले उक्त गाउँका ४० प्रतिशतजति घरहरू भत्काइदिएको पनि जानकारी दिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : १८ बजे

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे

लक्सनले जोगाए नेतृत्व, चुनौती अझै कायम

एजेन्सी– लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री