दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन « Khabarhub

दूधकोशीमा बाढी : प्रहरी भन्छ, मानवीय क्षतिको विवरण आएको छैन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो आएको भीषण बाढीले दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ ।

बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँमा पसेको हो । त्यहाँका दुईवटा होटल र एउटा होस्टेल बगाएको प्रहरीको प्रारम्भिक जानकारी आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता एव वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए ।

‘बाढीका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म पाएका छैनौँ’, वरिष्ठ प्रहरी उपरीक्षक दाहालले भने, ‘प्रहरी टोली घटनास्थल जाँदैछ, तीन चार घण्टा घटनास्थल पुग्न लाग्छ।

दाहालका अनुसार हिमपहिरो गएको भन्ने जानकारी आएको बताए । सोलुखुम्बु सदरमुकामबाट थामे गाउँ पुग्न ४ दिन लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ४२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस