‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान « Khabarhub

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे तटीय क्षेत्र नै डुबाएको बाढी ‘र्‍यापिड मेल्टिङ’ अर्थात् हिउँको तीव्र पग्लाइका कारण निम्तिएको पूर्वानुमान गरिएको छ ।

जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा एरियामा हिउँ तीव्र गतिमा पग्लिँदा पहिरो गई बाढी चलेको र सो बाढीले टासी लाप्ताको पूर्वतर्फ बनेका तीनमध्ये कुनै न कुनै पर्माफ्रोस्ट (जमेको जमिन) समेत बगाएको बताइन्छ । बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन नै पर्माफ्रोस्ट हो ।

थामे गुम्बातर्फको तटीय बस्तीको जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा हुँदै कोङ्दे रि सम्म पर्छ । थामेको माथिल्लो क्षेत्रमा केही ग्लेसियर ड्याम (पहिले नै हिमपहिरो झरेपछि बनेको बाँध) बाट बनेका तालहरू छन् ।

गौरीशङ्कर संरक्षण क्षेत्रको पूर्वोत्तरतर्फ रहेको हिमालमा पनि हिउँको निकै ठूलो परिमाण देखिन्छ । क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) कै वहाव क्षेत्रमा नोग्ले पोर्टर सेल्टर, टासी लाप्चा पास लज एण्ड रेस्टूराँ लगायत आवासीय संरचना देखिन्छ । उक्त रेस्टूराँ रहेको थेङ्पो खर्क थामेभन्दा माथि नै पर्छ । सो खर्कमा पनि दर्जनौँ आवासीय र कृषि संरचना देखिन्छ ।

थेङ्पो खर्कभन्दा तल पनि नदी किनारकै ठाउँ ठाउँमा विभिन्न गोठ देखिन्छन् । केही तल रहेको खुरे गोठ क्षेत्रमा पनि मानवीय गतिविधि देखिन्छ । बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको थामे क्षेत्रमा त झन् धेरै आवासीय, पर्यटकीय र पशुपालनका संरचना छन् । तर आज आएको बाढीमा ती संरचना डुबेका छन् ।

भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा चलेको बाढीको फूटेज हेर्दा सेडिमेन्ट बहाव (बालुवासहितको बाढी) देखिएकाले तालभन्दा माथि नै र्‍यापिड मेल्टिङ भइ विपद् निम्तिएको हुनसक्ने बताए । सो बाढीले ताल समेत बगाएपछि झन् ठूलो आकार लिएको आफूले आकलन गरेको द्विवेदीले जनाए ।

‘यो विपद् विश्वव्यापी तापमान वृद्धिसँग सम्बन्धित छ,’ द्विवेदीले भने, ‘पहिले हिउँमात्रै पर्ने ठाउँमा अहिले पानी परिरहेको छ । तातोले गर्दा हिउँ छिटोछिटो पग्लिनु र बाढी निम्तनुमा तापमान वृद्धि नै कारक हो ।’

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : १७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको