गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने | Khabarhub Khabarhub

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै  ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।

घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

सनाखतमा यसकारण चुक्यो प्रहरी 

घटनामा सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट एक युवतीको नाम दिँदै निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दियो । घटनास्थलमा दोलखा घर भएका शम्भु नेपालीले मृतक आफ्नो बहिनी भएको बताएपछि प्रहरीले त्यसैलाई आधार मानेर सनाखत गरेको थियो ।

सञ्चारमाध्यममा आफ्नो नाम आएपछि ती युवती आफै प्रहरीमा उपस्थित भएपछि प्रहरी थप अन्योलमा परेको थियो । प्रहरीले आफ्नो बहिनी भनेर गलत सनाखत गर्ने नेपालीलाई पक्राउ गरेर कारबाहीको तयारी गरेको छ ।

सुरुमा महिलाको शव भनेको प्रहरीले घट्नाको पाँच घण्टापछि स्कुटरमा रहेको कागजपत्रको आधारमा मृतक पुरुष भएको पहिचान गरेको थियो । सोही कागजपत्रको आधारमा मृतकका आफन्तले बिहीबार राती नै सनाखत गरेका थिए ।

प्रहरी नायब उपरीक्षक कार्कीले शव क्षतविक्षत अवस्थामा रहेकाले तत्कालै महिला वा पुरुष को हो भनेर पहिचान गर्न नसकेको बताउनुभयो । घटनास्थलमा भएको तनावग्रस्त अवस्थामा ट्रक मुनिबाट शव झिक्न नसक्दा पनि पहिचानमा ढिलाइ भएको उनको भनाइ छ ।

मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा सनाखतमा समस्या भएको र सीसीटीभी फुटेज हरेपछि मात्रै प्रष्टरुपमा मृतक पुरुष भएको पुष्टी भएको उनको भनाइ छ । प्रर्दशनकारीले प्रहरी माथि आक्रमण गरेर दोहोरो झडप भएपछि शव झिक्न नसकेपछि क्रेन ल्याएर ट्रक तानेर शव झिक्न खोजेको थियो । प्रदर्शनकारीले क्रेनसमेत ल्याउन नदिएपछि शव पहिचान गर्न ढिलाइ भएको उनको भनाइ छ ।

‘ट्राफिक प्रहरी माथि आक्रमण गर्नेलाई कारबाही’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले घटना दुःखद भएको बताउँदै गृहमन्त्रीको निर्देशनअनुसार छानबिन समिति गठन गरी  घट्नाको सत्यतत्थ छानबिन गर्ने जानकारी दिइन् ।

उनले आज ट्रकका मालिकलाई काठमाडौँ बोलाएको र मृतकका परिवारलाई पनि सम्पर्कमा ल्याएर छलफल गर्ने बताइन् । शव परीक्षणका काम अगाडि बढाउन आवश्यक पहल भइरहेको प्रजिअ श्रेष्ठले बताइन् । उनले हिजो सञ्चारमाध्यममा आएको जस्तो ट्राफिक प्रहरीको कमजोरी नभएको बताउँदै गलत सूचना प्रवाह हुँदा समस्या भएको स्पष्ट पारिन् ।

उनले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताइन् । सत्य तथ्य नबुझी ट्राफिक प्रहरी माथि रिस साँध्न खोजिएको उनको भनाइ छ ।
-रासस

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ०० बजे

हडान्याकले पाए नोबेल शान्ति पुरस्कार

काठमाडौं – अटोमिक बमबाट बचेका जापानका नियोन हडान्क्याले सन् २०२४ को

कोलोराडोको सुन खानीमा १० जना फसे, ११ को उद्धार

एजेन्सी– अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण

ओलीका हातमा धुपौरो, मीनबहादुरसँग घण्टी !

काठमाडौं- भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र नेकपा एमालेबीचको गहिरो

बीपी राजमार्गमा फेरि पहिरो खस्यो, वैकल्पिक बाटो पनि अवरुद्ध

धुलिखेल – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको