दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी « Khabarhub

दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरिएको बताएकी छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढीका कारण लगभग २० वटा घर पुरिएको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको  छ । एक जना बेपत्ता छन् ।

नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले बाढीमा फसेकाहरूको उद्धार गरेको हो । सुरक्षाकर्मीले जनावरको पनि उद्धार गरिरहेको छ ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् । उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ३७ बजे

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा