महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी | Khabarhub Khabarhub

महिलाले समान अधिकारका लागि आवाज उठाउनुपर्छ : मन्त्री सुडी


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिलाहरूले समान अधिकारका लागि आवाज उठाउनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित बेइजिङ प्लस ३० राष्ट्रिय महिला सम्मेलनमा बोल्दै मन्त्री सुडीले विभिन्न क्षेत्रमा महिला सहभागीताको माग ४० प्रतिशत नभई ५० प्रतिशतको माग गर्नुपर्ने भन्दै समान अधिकारका लागि लड्न सुझाव समेत दिए ।

आफू पुरुष भएर पनि महिला अधिकारका लागि निरन्तर लडिरहेको उनले बताए । उनले अहिलेको शताब्दी महिलाको शताब्दी भएकाले सम्पूर्ण अधिकारको व्यवस्था समान हुनुपर्नेमा जोड दिए । मन्त्री सुडीले कानूनले मात्रै नपुग्ने भन्दै आफ्नो अधिकारका लागि आफै लड्नुपर्ने धारणा राखे ।

त्यस्तै शिक्षामन्त्री विद्या भट्टराईले समावेशी शिक्षाको धेरै आयामहरूलाई सम्बोधन गर्न शिक्षामा लगानी बढाउनुपर्ने बताइन् । उनले शिक्षा विधेयकलाई निर्माण गरेर शिक्षाभित्रका बेतिथिलाई अन्त्य गर्ने धारणा राखिन् ।

आयोजक बियोन्ड बेइजिङ कमिटी (बीबीसी)की अध्यक्ष कृष्णकुमारी वाइबाले सम्मेलनमार्फत प्राप्त उपलब्धि, चुनौती, सिफारिस, र विज्ञहरूद्वारा तयार गरिएको मसौदा दस्ताबेजको तथ्यांकहरूलाई थप समीक्षा अघि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ११ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली