बेचन झाले बयानमा भने- दुई करोडको चेक दिएका रामशरण केसीलाई चिन्दिनँ « Khabarhub

बेचन झाले बयानमा भने- दुई करोडको चेक दिएका रामशरण केसीलाई चिन्दिनँ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परर हाल थुनामा रहेका बेचन झाले काठमाडौं जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् ।

थुनछेक बहसका क्रममा बयानमा उपस्थित गराइएका उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूर मुद्दाको पुरक अभियोगका रुपमा पेश भएको मुद्दामा झाले इन्कारी बयान दिएका हुन् ।

झाले पुरक मुद्दाको मुख्य मुद्दाका कुनै पनि प्रतिवादीहरूलाई नचिनेको बताएका छन्। झाले नचिलेका प्रतिवादीहरूसँग लेनदेन रिसइबी केही हुने कुरै नभएको पनि जिकिर गरेका छन् ।

उनीविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस भएको छ । तर अदालतले आदेश भने आएको छैन । बिहीबार बयानका क्रममा झाले आफूविरुद्ध प्रहरीले खडा गरेको प्रमुख प्रमाणलाई नै इन्कार गरिदिएका हुन् ।

उनले नक्कली शरणार्थी प्रकरणको योजना बनेका बेलामा आफू उपचारका लागि भारतमा रहेको बयान पनि दिएका छन् । शुक्रबार बहस भए पनि आदेश आएन। हेर्दाहेर्दैमा रहेको यो मुद्दाको आदेश आइतबार आउने सम्भावना छ ।

झाले जाहेरवाला गजेन्द्र बुढाथोकीसहित कसैलाई पनि नचिन्ने जिकिर गरे । उनले बयानमा भनेका छन्, ‘मैले गजेन्द्र बुढाथोकीसहितका जाहेरवाला कसैलाई चिन्दिनँ । जाहेरवाला बुढाथोकीसमेतले दिएको जाहेरीबारे मलाई थाहा छैन । जाहेरवालालाई भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा म संलग्न छैन। यस प्रकरणमा मैले कसुर गरेको छैन। अरु कस-कसको, के कस्तो संलग्नता थियो भन्ने मलाई केही जानकारी छैन ।’

उनले उक्त प्रकरणमा आफ्नै नाममा २ करोडको चेक काटिदिने रामशरण केसीलाई पनि नचिनेको बयान दिएका छन् । मन्त्रिपरिषद्मा बुझाउन भनी रकम मागेको भनी अर्का प्रतिवादी सानु भण्डारीले भनेकोले केसीले आफ्नो नाममा हिमालयन बैंकको दुई करोडको चेक दिएको कुरालाई पनि उनले इन्कार गरेका छन् । तर केसीले झाकै नाममा उक्त चेक काटिदिएका थिए ।

‘मैले रामशरण केसी भन्ने व्यक्ति र सानु भण्डारीलाई चिन्दिनँ। मैले रामशरण केसीलाई भेटेको पनि छैन। मैले निजबाट कुनै चेक लिएको पनि छैन। निजले अनुसन्धानका क्रममा गरेको बयान झुट्टो हो। रामशरण केसीले गरेको पोल बयान सबै झुट्टा र काल्पनिक हुन्’, झाले बयानमा भनेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ४६ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल