सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने वातावरण मन्त्री शाहीको घोषणा | Khabarhub Khabarhub

सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने वातावरण मन्त्री शाहीको घोषणा


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबारलाई प्लास्टिकमुक्त बनाउने घोषणा गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा साथसाथै फाउन्डेसनले आयोजना गरेको जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र चाडपर्वलाई वातावरणमैत्री बनाउने अभियान घोषणा कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री ठकुरीले भने, “हामीले यसअघि नै आफ्नो मन्त्रालयलाई प्रयोग गर्न अयोग्य प्लास्टिकमुक्त बनाइसकेका छौँ, अब सबै मन्त्रालयमा यो अभियान पु¥याउनेछौँ, यसमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।”

उनले सिंहदरबारभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला प्रतिबन्धमा कडाइ गरिने उल्लेख गरे ।

मन्त्री ठकुरीले वातावरणीय प्रदूषण र जलवायु प्रदूषण अहिले मुख्य समस्याका रुपमा रहेको उल्लेख गरे । नेपालले अहिले वन क्षेत्र बढाएर करिब ४५ प्रतिशत पु¥याएको तथा स्वच्छ ऊर्जाको खपतका साथै बायोग्यास प्लान्टमा ध्यान दिइएको पनि उनले बताए । हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदै गइरहेकाले यसको बढी असर पनि त्यस क्षेत्रमा पर्ने गरेको उनले उल्लेख गरे ।

वनमन्त्री शाहीले नेपालले जलवायु परिवर्तनलाई मुख्य प्राथमिकतामा राखेर नीतिगत सुधारको थालनी गरेको पनि जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय सङ्कटले पर्वावरण मात्रै नभई जीवनलाई नै खतरामा पु¥याएको उल्लेख गरे । “महिला र वातावरणमाथि पनि विभेद छ, यसलाई कसरी न्याय दिलाउने त्यसतर्फ ध्यान दिन जरुरी छ । हाम्रो अभ्यासलाई पनि हामी आफैँले चुनौती दिनुपर्छ”, उनले भने ।

उनले वातावरणीय न्याय दिलाउने कार्यमा सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी भएको खाँचो औँल्याए। वातावरण र विकासलाई सन्तुलन कायम गर्नेतर्फ पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।

यसअघि समूहगत छलफल सत्रमा वन तथा वातावरण राज्यमन्त्री रुपा बिकले वातावरणलाई प्रदूषित तुल्याउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए।

उनले तीज पर्वलाई कसरी हरितमैत्री बनाउनेभन्नेबारे सरोकारवालासँगको छलफल सान्दर्भिक रहेको बताए । उनले जलवायु परिवर्तनको बढी असर महिलामा देखिएको उल्लेख गर्दै वातावरण संरक्षण र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सचेतना अभियान चलाउन जरुरी भएको बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ३८ बजे

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको

पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा.

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले 

सियोल– महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका

‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्ड’ : अमेरिकाको भिसा लागेपछिको उत्सव

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी फागुन १४ गतेबाट प्रदर्शनमा आउन