‘१२ गाउँको’को टिजरमा विराजका बाउ–छोराको एक्सन « Khabarhub

‘१२ गाउँको’को टिजरमा विराजका बाउ–छोराको एक्सन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ बाट प्रदर्शन मिति तोकिएको फिल्म ‘१२ गाउँको’ टिजर शुक्रबार सार्वजनिक भएको छ । द्वन्द्वको दृश्यलाई विशेष स्थान दिएको टिजरमा विराज र उनका छोरा समीरको एक्सन देख्न सकिन्छ ।

१ मिनेट २१ सेकेन्ड लामो टिजरमा विराजको भ्वाइस ओभरबाट सुरु हुन्छ । डेब्यू नायक समीरको भने संवाद छैन । भारतमा बसेर मार्सल आर्टस् र अभिनय सिकेका समीरले एक्सनका लागि निकै मिहेनत गरेको टिजरबाट अनुमान लगाउन सकिन्छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु स्थान दिइएको छ ।

यो फिल्मबाट दुई पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यू गरेका छन् । ‘१२ गाउँ’ अहिलेसम्मकै उच्च स्तरीय नेपाली एक्सन फिल्म रहने विराजको दाबी छ ।

एक्सनको पाटो बलियो बनाउन विराजले भारतीय द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई अनुबन्ध गरेका छन् । विराज भट्ट फिल्म पोडक्सनको ब्यानरमा बनेको यो फिल्मको निर्माता,निर्देशक र लेखक विराज आफैँ हुन् ।

उनलाई पटकथा र संवाद लेखनमा भने सन्तोष सरकार सहयोग गरेका छन् । यो फिल्मले छक्का पञ्जा ५ र ज्वाइँ साबसँग हलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : २९ बजे

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको