ट्रम्पमाथि फेरि गोली प्रहार : दुई महिनामा दोस्रो आक्रमण « Khabarhub

ट्रम्पमाथि फेरि गोली प्रहार : दुई महिनामा दोस्रो आक्रमण


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ।

सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए। त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन्। यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो।

घटना हुँदा ट्रम्प पाँचौँ र छैटौँ होलको बिचमा थिए। शङ्कास्पद व्यक्ति धेरै परको होलमा थिए। फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन्। १३ जुलाइमा पेनेसेल्भिनयामा भएको घटनाको छानबिन गर्न गठित ६ डेमोक्र्याट र ७ रिपब्लिकको संसदीय समितिमा छन्।

घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए।

घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ। उ रहेको झाडीको नजिकै सुरक्षा कर्मीले केही हतियार समेत फेला परेको छ। फ्लोरिडाको रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स ३ व्यस्त सडकको बिचमा छ।

अमेरिकी गुप्तचर निकायले इरानको ट्रम्प माथिको साइबर र शारिरिक आक्रमणको योजना रहेको थप शङ्का गर्ने आधारहरू बढ्दै गएको जनाएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अझ बलियो भएको बताउँदै आफू कहिले पनि हरेक नखाने प्रतिक्रिया दिएका छन्। ट्रम्पमाथि यसअघिसमेत गोली प्रहार भएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका