विश्वकप लिग २ : आज क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

विश्वकप लिग २ : आज क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप लिग-२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। क्यानडाले उसको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।

क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ५७ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा