संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली : कार्यव्यवस्था समिति बैठक बस्दै « Khabarhub

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली : कार्यव्यवस्था समिति बैठक बस्दै


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्।

संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संघीय संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ। प्रधानमन्त्रीको सम्बोधनसहितका सम्भावित कार्यसूचीमाथि छलफल गर्न दिउँसो १२ः १५ मा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको बारेमा सदनलाई जानकारी गराउनेछन्। ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन्।

माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने बताइरहेकाले कसरी बैठक सञ्चालन हुन्छ भन्ने विषय भने टुंगो लागिसकेको छैन।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना