संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली : कार्यव्यवस्था समिति बैठक बस्दै | Khabarhub Khabarhub

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली : कार्यव्यवस्था समिति बैठक बस्दै


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्।

संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संघीय संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ। प्रधानमन्त्रीको सम्बोधनसहितका सम्भावित कार्यसूचीमाथि छलफल गर्न दिउँसो १२ः १५ मा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सम्बोधनकाक्रममा प्रधानमन्त्री ओलीले असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको बारेमा सदनलाई जानकारी गराउनेछन्। ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जान लागेका हुन्।

माओवादीले संसदको अवरोधलाई निरन्तरता दिने बताइरहेकाले कसरी बैठक सञ्चालन हुन्छ भन्ने विषय भने टुंगो लागिसकेको छैन।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालू बर्खे अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय