अधिवेशनको अन्तिम दिन माओवादीले संसद्को अवरोध हटायो « Khabarhub

अधिवेशनको अन्तिम दिन माओवादीले संसद्को अवरोध हटायो

‘हिंसा’ शब्द हटाउनुपर्ने अडान यथावत, प्रधानमन्त्रीलाई बोल्न दिने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सातादेखि संसद्‍मा देखिएको अवरोध अन्त्य भएको छ ।

गत भदौ १२ गते नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादमा संसद‍्‍मा भइरहेको अवरोध सोमबारदेखि हट्ने भएको हो ।

तर चालु अधिवेशनको अन्तिम दिन पनि सोमबार नै हो । आजैदेखि लागु हुनेगरी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को  चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरिसकेको छ ।

सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्‍मा जारी अवरोध हटाउन तयार भएको बताए ।

‘हामी ‘हिंसा’ शब्द संसद्‍को रेकर्डबाट हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रधानमन्त्री केपी शर्मा ओली विदेश जान लागेकाले त्यसबारे बोल्न हामी अवरोध गर्दैनौँ’, उनले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा भने, ‘हामी सभामुखको पनि विरोधमा छैनौँ । आफ्ना कुरा राखेर संसद्‍मा रहेको अवरोध हटाउँछौँ ।’

सभामुख गत भदौ २६ गतेको संसद् बैठकमा ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गरेका थिए । भट्टराईले माओवादीले चलाएको ‘जनयुद्ध’लाई हिंसा भनेर भदौ १२ गतेको संसद्‍मा टिप्पणी गरेपछि विवाद भएको थियो ।

उक्त विवादलाई लिएर सभामुख घिमिरेले आवश्यक निरुपणका लागि छलफल थालेका थिए ।

‘साउन १२ गते माननीय योगेश भट्टराईले प्रयोग गरेको हिंसालाई असंसदीय भनी हटाउन मागसहित भएको नियमापत्तिबारे छलफल भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम २१ मा भएको व्यवस्था, भदौ १८ गतेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकको रायअनुसार उक्त शब्द संसद्‍को अभिलेखबाट हटाउनुनपर्ने निर्णय भएको छ’, घिमिरेले भनेका थिए ।

उनले विभिन्न समयमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियापत्ति हुने गरेकाले त्यस्तो कार्य उचित नहुने पनि बताएका थिए ।

योगेशले भदौ १२ को बैठकमा माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

भदौ २६ मा सभामुखको रुलिङपछि माओवादीले संसद्‍मा अवरोध गरिरहेको छ । आइतबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि माओवादीले अवरोध जारी राख्ने भनेपछि सूचना टाँसेर सोमबार १ बजेसम्मलाई स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ४४ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले