फेरि अभिषेक र ऐश्वर्याको डिभोर्सको चर्चा « Khabarhub

फेरि अभिषेक र ऐश्वर्याको डिभोर्सको चर्चा


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा नायक अभिषेक बच्चन र नायिका ऐश्वर्याको सम्बन्धबिच्छेदले फेरि चर्चा पाएको छ । ऐश्वर्याको औँलामा विवाहको औँठी नभएका कारण पुन: चर्चा चुलिएको हो ।

पछिल्लो समय यो जोडीको सम्बन्ध बिग्रिएको चर्चा छ । उनीहरु एकै कार्यक्रममा पनि छुट्टा-छुट्टै जाने गरेका छन् । यतिसम्म कि- भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्तको विवाहमा यो जोडी छुट्टा-छुट्टै पुगेको थियो ।

अभिषेक आफ्ना बुवा अमिताभ, आमा जया, बहिनी र भान्जा-भान्जीसँग विवाह समारोहमा पुगेका थिए । ऐश्वर्या आफ्नो छोरीसँग विवाहमा सहभागी भएकी थिइन् । यो घटनाले पनि अभिषेक-ऐश्वर्याको सम्बनधविच्छेदले बढवा दिएको थियो ।

अभिषेक बच्चनले विवाहको औँठी नलागाई कार्यक्रमहरूमा उपस्थित हुन लागेपछि झन् सम्बन्ध बिग्रिएको अड्कलबाजीले बढवा पाएको थियो ।

अहिले ऐश्वर्याले पनि विवाहको औँठी लगाउन छोडेकी छन् । केही दिनअघि ऐश्वर्या आफ्नो छोरीका साथ एक अवार्ड कार्यक्रममा उपस्थिति जनाउन दुबई पुगेकी थिइन् । उनलाई आयोजकले स्वागत गरेको भिडियो सार्वजनिक भएको थियो ।

यो पनि…

अमिताभले छोरीलाई घर दिएपछि अभिषेक-ऐश्वर्या डिभोर्सको चर्चा

भिडियोमा उनले विवाहको औँठी लगाएकी छैनन् । त्यहीकारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको सम्बन्ध बिग्रिएको अड्कल लगाएका हुन् ।

केही प्रयोगकर्ताले एश्वर्याले छोरीको पढाइ बिगारेको समेत आरोप लगाएका छन् । प्रदीप यदुकुल लेख्छन्, ‘उनकी छोरी पढ्दिनन् ? जहिल्यै आमासँग घुमिरहेकी हुन्छन् ।’

त्यस्तै अर्की प्रयोगकर्ता शुभश्री लेख्छिन्, ‘छोरीले स्कुलमा उपस्थित हुनुपर्दैन ?’

केही प्रयोगकर्ताले ऐश्वर्याको कठिन समयमा छोरी साहारा बनेको प्रतिक्रिया दिएका छन् ।

यो जोडीको सम्बन्धबिच्छेदको चर्चा लामो सयमदेखि भए पनि यसबारे उनीहरूले प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १ : ०४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका