साहित्य

हिन्दी दिवसको अवसरमा काठमाडौंमा साहित्यिक कार्यक्रम

By खबरहब

September 16, 2024

काठमाडौं- हिन्दी दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल–भारत पुस्तकालयमा भारतीय राजदूतावासले एक कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययनका प्रमुख विद्वान प्रा. रामदयाल राकेश प्रमुख अतिथि थिए ।

उक्त अवसरमा अन्य विद्वानहरूले आफ्नो धारणा राखेका थिए । यसका साथै केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूका लागि हिन्दी कविता वाचन पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी, लेखक, कवि र हिन्दी प्रेमीहरूको बाक्लो सहभागिता रहेको थियो ।