संसद्‍ बैठक : सहकारीको छानबिन प्रतिवेदन पेश गरिँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने « Khabarhub

संसद्‍ बैठक : सहकारीको छानबिन प्रतिवेदन पेश गरिँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बैठक अहिले दिउँसो बस्दै छ । संघीय संसद सचिवालयका अनुसार १ बजेदेखि बस्ने भनिएको बैठक सुरु भइसकेको छैन ।

यसअघि आइतबारको बैठक माओवादी केन्द्रले अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी सूचना टाँसेर स्थगित भएको थियो ।

‘हिंसा’ शब्दलाई लिएर गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो ।

सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा माओवादीले संसद्को अवरोध हटाउने सहमति जनाएको थियो ।

यस्तोमा आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । उनले राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जानुअघि संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

यही बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने भएका छन् । यो समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नतासहितको तथ्य समेटिएको प्रतिवेदन तयार गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनिछ ।

त्यसैगरि प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८०’ पेश गर्ने कार्यसूची छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसैगरि ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार