काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई मन्त्री सिंहको आग्रह « Khabarhub

काठमाडौं उपत्यकाका आयोजनामा सहकार्य गर्न विश्व बैंकलाई मन्त्री सिंहको आग्रह

उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता 


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा सोमबार बिहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । ‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यस पटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ ,’ उपप्रधानमन्त्री सिंहले भने।

काठमाडौं उपत्यकाका नदिनाला व्यवस्थित गर्ने, सांस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिए ।

सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रीति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताइन्  ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १ : ५२ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले