राजनीति

संघीय संसद्को चालु अधिवेशन सोमबार रातिदेखि अन्त्य

By खबरहब

September 16, 2024

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशनको अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।