सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान « Khabarhub

सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

समिति सदस्यहरू सत्ता पक्षबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र बडू, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेका छन् । थापा समिति सभापति हुन् ।

यस्तै प्रतिपक्षबाट माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरेर रास्वपा सांसद खनालले हस्ताक्षर गरेको समिति सदस्यका सदस्यहरूले खबरहबलाई बताए ।

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन आजै बसिरहेको संसद् बैठकमा पेस गर्दै छ ।

रविले गोरखा मिडियाबाट लिएको १५ प्रतिशत शेयरलाई गैरकानूनी भएको, हस्ताक्षर र ल्याप्चे पनि उनकै हुनसक्ने प्रतिवेदनमा उल्लेख भएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  २ : ०२ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने