तयार भयो सहकारी छानबिन प्रतिवेदन (तस्बिरहरू) | Khabarhub Khabarhub

तयार भयो सहकारी छानबिन प्रतिवेदन (तस्बिरहरू)

रविको नाममा उल्लिखित प्रतिवेदनमा शिशिरको पनि हस्ताक्षर


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

समिति सदस्यहरू सत्ता पक्षबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेका छन् । थापा समिति सभापति हुन् ।

यस्तै प्रतिपक्षबाट माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरेर रास्वपा सांसद खनालले हस्ताक्षर गरेको समिति सदस्यका सदस्यहरूले खबरहबलाई बताए । यसअघि खनालले रविको नाम किटान गर्न नहुने अडान लिएका थिए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : १७ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा