प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी « Khabarhub

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी गराएका छन् ।

 सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा जानकारी गराएका हुन् ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसङ्घको बडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंग मान्दै आएको छ।

विश्‍वशान्तिको लागि नेपालले राष्ट्रसंघको छातामुनि रही महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : २४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास