प्रधानमन्त्री भन्छन्- हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन् « Khabarhub

प्रधानमन्त्री भन्छन्- हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन्


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ ।

त्यसबारे जानकारी दिने क्रममा उनले आफूहरू सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न तयार रहेको बताएका छन् । उनले असंलग्न परराष्ट्रनीतिको पक्षमा आफूहरू रहेको बताउँदै समभावको हिसाबले सम्बन्ध बनाउने पनि बताए ।

ओलीले आफूहरू कुनै पनि छिमेकी या मित्रराष्ट्रसँग छुद्र रुपमा प्रस्तुत नहुने बताएका छन् । उनले छिमेकीहरू पनि छुद्र नभइदिए राम्रो हुने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र लागुऔ‍षधले पारिरहेको प्रभावसहितका मुद्दा आफूले उठाउने पनि जानकारी दिए ।

ओलीले अमेरिकास्थित कोलम्बिया विश्वविद्यालय र हाडवर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  २ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको