पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली  | Khabarhub Khabarhub

पाँचथरमा भएको विस्फोटक पदार्थ बम हो : प्रधानमन्त्री ओली 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ बम नै भएको बताएका छन् ।  

सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।

‘बम विस्फोटबाट भन्नु हुने हो कि नहुने हो ? यहाँ अन्योल भएको छ । तर वम विस्पोर्टबाट दुई बालबालिकाको निधन भयो । प्रधानमन्त्री ओलीले भने,‘उनका परिवारलाई पाँच लाख दिने सरकारले निर्णय गरेको छ । घाइतेको नि:शुल्क उपचार हुन्छ ।’ 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको गाडागाड १३ भदैमा विस्फोटक पदार्थ पड्‌किँदा दुई बालबालिकाको मृत्यु भएको थियो । 

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीय छोरी प्रिन्साको वम पड्कँदा ज्यान गएको हो । वम पड्किएको घर माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको हो । तर त्यहाँ स्थानीय  ज्ञानबहादुर राई १० वर्षदेखि बस्दै आएका थिए । 

अर्का दुई घाइते बालकहरू पवन राई र ७ वर्षीय दिप्सन राईको कीर्तिपुर वन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ४४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका