सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग « Khabarhub

सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले संसदले सर्वसम्मत रुपमा पारित गरेको चुच्चे नक्साको मर्म विपरित लिपुलेक र कालापानी नेपालको भूभाग नभएर भारतको हो भनेर अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले भने- ‘यो राष्ट्रिय विरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको होइन देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’

पूर्व मन्त्रीसमेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्ताका क्रममा लिपुलेक र कालापानी लगायतका भूभागमा भारतको दाबी पुग्ने बताएका थिए । सो अभिव्यक्तिको विरोध भएपछि उनलाई पार्टीले समेत स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  २ : ५३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन