समाचार

सहकारीबारेको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ : सभापति थापा

By खबरहब

September 16, 2024

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।

समितिले प्रतिवेदन तयार पारेपछि सञ्चार कर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले गहन रूपमा सत्यतथ्यका आधारमा प्रतिवेदन बनाएको भन्दै सरकारले कार्यान्वयन गरे सहकारीका समस्या हल हुने बताए ।

सकारी समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौँ । त सहकारी समस्यालाई पार्टी भन्दा माथि उठेर । राष्ट्रिय समस्याका रूपमा लिएका छौँ । यसमा अपचलन, ठगी दुरुपयोग अनेक खाले प्रवृत्तिलाई समेटेमा छन् ।

थापाले भने, ‘जेल भित्र, र बाहिरबाट मान्छे बोलाएर कुरा सुनेर गहन अध्याय गरेर प्रतिवेदन बनाएको छौँ । कार्यान्वयन लागि सरकारलाई अनुरोध गर्दछु । महत्त्वपूर्ण सुझाव आएको छ । सहकारीको समस्या हल हुन्छ ।’