प्रधानमन्त्री भन्छन्- नेपालको कसैसँग शत्रुता छैन, सबैसँग मित्रता छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- नेपालको कसैसँग शत्रुता छैन, सबैसँग मित्रता छ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्रका विषय, राष्ट्रका कुरा, समस्या, चुनौती र अभिभारामा केन्द्रित भएर आफ्नो विचार राख्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभालाई महासभामा जान लागेको जानकारी गराउँदै उनले त्यहाँ नेपालको आफ्नो नीति, दृष्टिकोण, अडान, समस्या, उपलब्धि र अगाडि बढ्नुपर्ने अभिभाराबारे कुरा राख्ने बताएका हुन् ।

नेपालले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न बनाइएको संविधानलगायतको विषयमा पनि महासभामा राखिने उनले बताए ।

‘हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न हामी आफैंले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरू र नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई मै प्रष्ट गर्नेछु । नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र राष्ट्र हो,’ उनले भने ।

आफ्ना राष्ट्रिय हितहरू, जायज राष्ट्रिय हितहरू, न्योचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा नेपालको प्रतिबद्धता व्यक्त गर्ने पनि उनले बताए ।

नेपाल असल छिमेकीको रुपमा छिमेकी राष्ट्रसँगको सम्बन्ध राख्न चाहने कुरा पनि आफूले जानकारी गराउने उनले बताए ।

‘छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता’ नीतिबाट नेपालको परराष्ट्र नीति निर्देशित रहेको उनले बताए ।

संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू, आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसित र नीतिमा हुने हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको उनले बताए । उक्त कुरा संयुक्त राष्ट्रसंघमा राखिने उनले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना