शेयर बजार २५८० विन्दुमा झर्‍यो, कारोबारमा पनि गिरावट « Khabarhub

शेयर बजार २५८० विन्दुमा झर्‍यो, कारोबारमा पनि गिरावट


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेको हो । 

नेप्से घट्दा कारोबार पनि घटेको छ । आइतबार १० अर्बको कारोबार हुँदा सोमबार ७ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज प्रि–ओपन सेसनमा करिब २ अंकले घटेर सुरु भएको बजार खुलेदेखि निरन्तर ओरालो लागेको थियो । दिनभरमा बजार ६ पटक उकालो लाग्न खोजेको भएपनि बजार भने बढ्न सकेन । बजार निकै अंकले् घट्दा पनि अन्तिम २ मिनेटमा केही करेक्सन आएकाले बजार ५७ अंकको गिरावट मात्र भयो । अंकको

बजार घट्दा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच भएको छ । जसमा १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ९२ हजार ८१५ पटक शेयर कारोबार भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.६६ प्रतिशतले घटेर ३ हजार १०९३.५२ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.१७ प्रतिशतले घटेर २१.१७ विन्दुमा आएको छ । 

त्यस्तै बैंकिङ समूह १.५९ प्रतिशतले, विकास बैंक २.७२ प्रतिशतले, होटल एण्ड टुरिजम २.७९ प्रतिशतले, हाइड्रोपावर २.२८ प्रतिशतले, लगानी समूह २.५३ प्रतिशतले, जीवन बीमा १.९१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले, लघुवित्त २.४३ प्रतिशतले, निर्जीवन बीमा १.९१ प्रतिशतले, अन्य समूह २.३३ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्