चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव « Khabarhub

चाडपर्वमा मूल्यवृद्धि रोक्न सांसदको सुझाव


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सांसदहरुले चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्नेमा जोड दिएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनीहरूले उपभोक्ताको हितका लागि सरकारले मूल्यवृद्धि र कालोबजारी रोक्न अनुगमन बढाउनुपर्ने सुझाव दिए।  

राष्ट्रियसभाको चालु सोह्रौँ अधिवेशन अन्त्यका सन्दर्भमा बोल्दै सांसद भगवती न्यौपानेले महत्वपूर्ण निर्णय, महत्वपूर्ण प्रतिवेदन पारित हुनु, समय व्यवस्थापन लगायतका कुरा राष्ट्रियसभाका सकारात्मक कदम भएको बताइन् । विभिन्न विषयका संकल्प प्रस्ताव पारित भएका उल्लेख गर्दै उनले सरकारले यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिइन् 

सांसद जगप्रसाद शर्माले संविधान संशोधनको मुद्दामा, सङ्घीयता कार्यन्वयन गर्न, विकासका मोडलमा बहस नयाँ ढङ्गले चलाउन राष्ट्रिय सहमति कायम हुनुपर्नेमा जोड दिए।

‘सुसासन, पुँजीगत खर्च बढाउन, उत्पादन वृद्धि गरेर रोजगारी बढाउन राष्ट्रिय सहमति कायम हुनुपर्छ,’ उनले भने। 

सांसद कृष्णबहादुर रोकायले विधायन व्यवस्थापन समितिमा चार विधेयक विचाराधीन अवस्थामा रहेकाले यही अधिवेशनमा पारित हुन नसक्नु दुःखद पक्ष रहेको बताए । 

‘अर्थ मन्त्रीले प्रस्तुत गुर्नुभएको बजेटका बुँदा संशोधन हुनु राष्ट्रियसभाको मुख्य उपलब्धि रह्यो,’ उनले भने, ‘यो अधिवेशनमा भूकम्पपीडितको कुरा उठाएका थियौँ, चिसो अगावै अस्थायी पुनःनिर्माणको काम गरेर नयाँ घरमा बस्न पाउने छन् भन्ने विश्वास छ ।’

सांसद बेदुराम भुसालले दसैँ तिहार जस्ता पर्वहरूमा मूल्य वृद्धि  नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताए ।

‘चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले अनुगमन बढाउनुपर्छ,’ उनले भने। 

सांसद मोहम्मद खालिदले राजनीतिक दलका नेताले मुलुकको समृद्धि, आर्थिक विकास, रोजगारी वृद्धि, न्याय सम्पादनको गतिविधिमा  सहमति कायम गर्नुपर्नेमा जोड दिए।

यसैगरी सांसद शङ्करकुमार सिंहले मधेशका जिल्लामा बाढीका कारण धनजनको क्षति भएको भन्दै यसबाट हुने क्षति न्यूनीकरण र पीडितलाई समयमा नै राहत उपलब्ध गराउनुपर्ने माग गरे। 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ५४ बजे

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ

गण्डकी – मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको

लहानको उखुबारीमा आगलागी हुँदा एक करोड बढीको क्षति

सिरहा – यहाँको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा