रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस « Khabarhub

रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस

रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्न सरकारमाथि दबाव


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ ।

कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी भने अहिलेसम्म फरार नरहे पनि छानविनको दायरामा आएका छैनन् ।

संसदीय छानविन समितिको निर्देशनसँगै अब रवि र छविलाई पनि पक्राउ गरी अनुसन्धान गरिनुपर्ने दबाव सरकारमाथि परेको छ ।

संसदीय छानविन समितिले गोर्खा मिडियाका नाममा ग्यालेक्सी फोरके टीभीको सम्पूर्ण सम्पत्ति सहकारीको ८५ करोडबाटै लगानी भएको र ऋण लगायतका आर्थिक कारोबारमा पूर्वगृहमन्त्री रवि लामिछानेको समेत हस्ताक्षर प्रमाणित भएकाले उनीहरुमाथि कारवाही अगाडि बढाउनैपर्ने समितिको निष्कर्ष छ ।

सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान

गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी राई हालसम्म फरार छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेल हाल कास्की कारागारमा छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी भने पक्राउ परेका छैनन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक रवि लामिछाने हाल प्रतिनिधिसभाका सदस्य एवं रास्वपाका सभापति छन् ।

यो पनि

सहकारी ठगी : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला

सहकारी ठगीको लहरोमा नेता

धनराज चलाख रहेछन्, सहकारी ठगेर नाटक गरे

सीआईबीले थाल्यो मितेरी सहकारीमा अनुसन्धान, तानिन सक्छन् धनराज

संसदीय छानबिन समितिमा अब सहकारी पीडितसँग छलफल

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो, ‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ४६ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको