कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाखको चेक हस्तान्तरण « Khabarhub

कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाखको चेक हस्तान्तरण


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख बराबरको सहयोग गरेको छ।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । 

सो अवसरमा महामन्त्री गगन थापाले रचनात्मक काम गरेकोमा रूपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यबाद ज्ञापन गरेका थिए। कार्यक्रममा  युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री गगन थापालाई अनुरोध गरेका थिए । 

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञान लगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्ददार विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराएका थिए।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : १६ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ