न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै « Khabarhub

न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यादी हाइड्रोपावरको लिमिटेडको लक-इन अवधि सकिने भएको छ । आगामी कार्तिक ४ गतेदेखि संस्थापक, कर्मचारी र स्थानी वासिन्दालाई जारी गरेको शेयर लक-इन अवधि सकिने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्तम अमात्यका अनुसार २०७८ साल असोजमा शेयर बाँडफाँड गरेको थियो । १ करोड २७ लाख ९५ हजार कित्ता शेयर लक-इन अवधि खुल्ला हुने भएको छ । 

जसमध्ये संस्थापक शेयरधनीको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीहरूको ३ लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ४५ हजार कित्ता को लक-इन अवधि सकिने भएको हो । 

त्यस्तै, अति प्रभावित स्थानीयको ५ लाख कित्ता र प्रभावितको १० लाख कित्ता शेयरको लक–इन अवधि खुल्ने भएको हो ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ६ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको