प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण « Khabarhub

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै आयोगका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराए । आयोगका उपाध्यक्षसहित सदस्यलाई आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची २ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

सपथ ग्रहण कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद् भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिए। 

‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ’, उनले भने, ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरूको भूमिका प्रदेशले चाहेको छ ।’

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ६ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको