सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव  « Khabarhub

सानो क्षति भएका सहकारी सदस्यहरूले घाटापूर्ति गर्नुपर्ने समितिको सुझाव 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी समस्याको समाधान गर्न बनेको संसदीय छानबिन समितिले सहकारी कानूनसम्मत काम गर्दागर्दै पनि लगानी समस्यामा परे सहकारी संस्थालाई राज्यले हेर्नु पर्ने सुझाव  दिएको छ । 

समितिले सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने र बदनियतले काम गरेका कारण संस्था समस्यामा परे कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने सुझाव दिएको छ । 

थोरै घाटा भएको अवस्थामा शेयर सदस्यले नै घाटा पूर्ति गर्नुपर्ने समितिको ठहर छ । 

समितिको सुझावमा भनिएको छ, ‘सहकारी कानूनमा सनियतले काम गर्दागर्दै लगानी समस्यामा परेकोमा राज्यले हेर्नु पर्ने र सानो क्षति भएको खण्डमा सदस्यहरूले पनि दामाशाहीले घाटापूर्ति गर्नु पर्ने छ । बदनियतले काम गरेका कारण संस्था समस्यामा परेकोमा कानून बमोजिमको प्रक्रिया अवलम्बन गर्ने गरी किटानी प्रबन्ध गरी सहकारी कानूनलाई समयानुकूल बनाउने ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार