प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस « Khabarhub

प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउत सिफारिस


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 

बैठकमा सहभागी परिषद् सदस्य तथा उपसभामुख इन्दिरा रानामागरले वरिष्ठताका आधारमा सर्वोच्चको प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरिएको बताइन् ।

‘हामीले बैठकबाट प्रधानन्यायाधीशमा प्रकाशमानसिंंह राउतको नाम सिफारिस गरेका छौँ,’ उनले खबरहबसँग भनिन्, ‘सिनियारिटीको हिसाबबाट उहाँ सिफारिसमा पर्नुभएको हो ।’

६५ वर्षे उमेर हदका कारण सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अवकाशमा जाँदैछन् । सर्वोच्चका न्यायाधीशहरूको वरिष्ठतामा न्यायाधीश राउत अगाडि थिए ।

त्यसपछि क्रमशः सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडाल,  नहकुल सुवेदीको नाम परिषद्मा पठाइएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ६ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया