गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको भेट | Khabarhub Khabarhub

गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको भेट


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार उनीहरूबीच दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो ।

गृहमन्त्री लेखकले आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धन लगायतका चासो राखेका हुन् । आफू श्रममन्त्री हुँदा कोरियासँग सम्झौता भएको रोजगार अनुमति प्रणाली (इपीएस) को राम्रो कार्यान्वयन भएको बताए बताए । 

नेपाल प्रहरीको साइबर ब्युरोको क्षमता विकासका लागि कोरियाले गरेको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिए ।

गृहमन्त्री लेखकले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले नेपालको उर्जा क्षेत्रमा पनि लगानी गर्न कोरिया तयार गरेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : २६ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट