स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता, खोजी कार्य जारी, फेला पार्नेलाई गाउँपालिकाले ५० हजार दिने « Khabarhub

स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता, खोजी कार्य जारी, फेला पार्नेलाई गाउँपालिकाले ५० हजार दिने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन्  ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।
खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।

हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप ५० हजार नगद दिने घोषणा गरेको छ । बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ५२ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको