कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने « Khabarhub

कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।

असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनःविद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने जनाइएको छ ।

प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौशल प्रदर्शन र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए ।

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घर आँगन सफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ८ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया