कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो ।

असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनःविद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने जनाइएको छ ।

प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौशल प्रदर्शन र मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए ।

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिन मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घर आँगन सफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ८ : ४४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका