इजरायली आक्रमण असम्भव – इरान « Khabarhub

इजरायली आक्रमण असम्भव – इरान


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको आणविक ऊर्जा एजेन्सीले बुधबार परमाणु सुविधाहरूमा इजरायलको सम्भावित आक्रमण ‘सफल नहुने’ वा ‘कुनै गम्भीर क्षति नपुर्‍याउने’ र त्यस्तो आक्रमण ‘असम्भव’ रहेको बताएको छ ।

इरानले यसै महिनाको सुरुमा इजरायलमाथि करिब २०० मिसाइल प्रक्षेपण गरेलगत्तै इजरायलले प्रतिशोधका लागि तयार रहेको बताएपछि एजेन्सीको यस्तो टिप्पणी आएको हो । इरानको कट्टर शत्रुमाथि यो दोस्रो प्रत्यक्ष आक्रमण थियो ।

‘यो हुने सम्भावना धेरै कम छ’, एजेन्सीका प्रवक्ता बेहरोज कमालवन्दीले नुरन्युज एजेन्सीसँगको भिडियो अन्तर्वार्तामा भने, ‘कुनै प्रमुख स्थलमा आक्रमण भएमाः निश्चित हुनुहोस् कि यो सफल हुने छैन र र यदि उनीहरू (इजरायल) ले त्यस्तो मूर्खतापूर्ण काम गरे भने, उनीहरूले हामीलाई गम्भीर क्षति पुर्‍याउन सक्ने सम्भावना धेरै कम छ र यदि उनीहरूले केही क्षति पुर्‍याउन सक्छन् भने पनि, देशले त्यसको क्षतिपूर्ति छिटो गर्न सक्छ ।’

तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमण क्षेत्रमा इरान–समर्थित लडाकू नेताहरू र रेभोल्युसनरी गार्ड्सका एक जनरलको हत्याको बदला भएको बताएको थियो ।

सेप्टेम्बर २७ मा बेरुतमा भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरुल्लाह र रेभोल्युसनरी गार्ड्सका जनरल अब्बास निलफोरौशानको मृत्यु भएपछि मिसाइल आक्रमण भएको थियो । साथै मिसाइल आक्रमण जुलाई ३१ मा तेहरानमा प्यालेस्टिनी लडाकू समूह हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या पछि पनि गरिएको बताइएको थियो । हानियाको हत्याका लागि व्यापक रूपमा इजरायललाई दोष दिइएको थियो ।

त्यसयता इजरायलले प्रतिकार गर्ने प्रतिज्ञा गरेको छ । रक्षामन्त्री योभ ग्यालेन्टले इजरायलको जवाफ ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताएका छन्‌ ।

इजरायलको शीर्ष हतियार आपूर्तिकर्ता अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिइसकेका छन्‌ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायलले कसरी जवाफी आक्रमण गर्ने भन्ने निर्णय गर्ने बताएको छ ।

‘हामी संयुक्त राज्य अमेरिकाको विचारलाई सुन्छौँ, तर हामी हाम्रो राष्ट्रिय हितको आधारमा हाम्रो अन्तिम निर्णय गर्नेछौँ’, कार्यालयले मङ्गलबार भनेको छ ।

इरानले आफ्नो ‘पूर्वाधार’ मा कुनै पनि आक्रमणले ‘अझ बलियो प्रतिक्रिया’ निम्त्याउने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसलाई यदि इजरायलले आक्रमण गरेमा तेहरान ‘निर्णायक र पश्चातापजनक’ प्रतिक्रियाका लागि तयार रहेको चेतावनी दिएका छन्‌ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १० : १४ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक