पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प « Khabarhub

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार ५०० भन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

‘हाल ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,’ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताए ।

उनले १८७ जना भूकम्पबाट प्रभावित भएका र तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेको र धेरैलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

मालात्याका स्थानीय अधिकारीहरूले पनि यस स्तरमा रिपोर्ट गर्नका लागि कुनै ‘नकारात्मक घटनाहरू’ नभएको बताए । यद्यपि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिने जनाए ।

एएफपीका संवाददाताहरूका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग १४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।

टर्किश टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरू अनुसार धेरै शहरका बासिन्दाहरू सडकमा निस्किएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : २० बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा