आज २०८१ साल असोज ३० गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज ३० गते बुधबारको राशिफल


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज ३० गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर १६ तारिख । असोज शुक्ल पक्षको चतुदर्शी तिथि। कोजाग्रत पूर्णिमा व्रत ।नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन चुनौतीपूर्ण छ। हरेक क्षेत्रमा अवरोध हुनेछ। सञ्चित धन खर्च हुनेछ। साथीभाइले गलत बाटो खेद्ने जोखिम रहेको छ। व्यापार घाटामा जानेछ। जतासुकै संकट भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आजको दैनिकी सहज छ। धन प्राप्त हुने योग छ। शुभग्रहको बलमा शिक्षा क्षेत्रमा प्रगति हुनेछ। अध्ययनमा मन जानेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम बढ्ने योग छ।

मिथुन : तपाईंको दिन सामान्य छ। खानपानका कारण रोग बढ्ने खतरा छ। निजी क्षेत्रमा गरेको लगानीले शिक्षामा उन्नति हुनेछ। कर्मस्थानमा चन्द्रमा भएकाले तपाईंले गर्नुभएका पुराना कामा सन्तुष्टि मिल्नेछ।

कर्कट : तपाईंका शुभग्रह शक्तिशाली छन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। संगठन दरिलो बन्नेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग्को सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

सिंह : सोचेका काममा बाधा देखिनसक्छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। पारिवामा झन्झट बढ्नेछ। परिवारले तपाईं विरुद्धका गतिविधि गर्ने जोखिम छ। बिहानै गणेशको भजन गरेर मन शान्त पार्न सकिन्छ।

कन्या : आफन्तसँग बस्दा दिन रमाइलो बन्नेछ। लगानीका क्षेत्र सबल छन्। रोगलाई जित्ने क्षमता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध सहमतिमा अगाडि बढ्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सहयोगी साथी तपाईंकै विरोधमा सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नु राम्रो हुनेछ।

वृश्चिक : भाग्यको स्थानमा शुभ ग्रह छन्। तपाईंको प्रगतिमा साथ र सहयोग हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्नेछ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रमा हुने खर्चले मनमा चिन्ता थप्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले तपाईंलाई खुशी बनाउने छ। परिवारिक सम्बन्धमा भने विश्वास गुम्न लागेकाले सचेत बन्नु राम्रो हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दिन रमाइलो छ। बन्धुको सल्लाह लिएर अगाडि बढेमा ठुलाठुला काम बन्नेछन्। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षा क्षेत्रमा नाफ हुने दिन छ। रोगसँग लड्ने क्षमता बढ्ने योग छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

कुम्भ : धनलक्ष्मी योग परेकाले चन्द्रमा बलिया छन्। लगानीको क्षेत्रमा धन प्राप्त हुनेछ। शिक्षा क्षेत्रको प्रयासमा आलश्यता बढ्नेछ। संकटमा परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले आज आम्दानी बढ्नेछ। बोली र व्यवहारमा सचेत हुनुपर्नेछ। सञ्चित धन उचित ठाउँमा लगानी हुनेछ। सप्तम भावमा शुभग्रह रहेकाले परिवारसँगको सम्बनध सु्मधर बन्नेछ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : २३ बजे

आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको